Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

इमरान खानले दिए बाइडेनलाई कडा जवाफ , अमेरिकालाई अबदेखि पाकिस्तानको भूमी प्रयोग गर्न नदिइने

एजेन्सी। विदेशी सेना फिर्ता पछि पाकिस्तानले अफगानिस्तानमा तालिबानसंग सम्झौताको मुद्दामा अमेरिकी प्रयासलाई कडा झट्का दिएको छ।

११ सेप्टेम्बर २०२१ सम्म नाटो लगायतका विदेशी सेनाहरू फिर्ता हुने भएपछि अमेरिकाले अफगानिस्तानमा तालिबानीको निगरानीका लागि पाकिस्तानबाट एयरबेसको माग गरिरहेको छ।

तर, पाकिस्तानले अमेरिकालाई अफगानिस्तानमा कुनै कारवाहीको लागि आफ्नो सैन्य आधार वा आफ्नो भूभाग प्रयोग गर्न नदिने जनाउँदै आएको छ। प्रधानमन्त्री इमरान खानले  पाकिस्तानले अमेरिकालाई अफगानिस्तानमा कुनै पनि प्रकारको कारवाहीको लागि आफ्नो कुनै पनि एयरबेस वा आफ्नो भूभाग प्रयोग गर्न नदिने स्पष्ट पारेका छन्।

अमेरिकालाई एयरबेस प्रदान गर्ने सवालमा प्रधानमन्त्री इमरान खानले एचबीओका एक्सिसियोसँगको अन्तर्वार्तामा भनेका थिए, 'बिलकुल हुँदैन। अफगानिस्तानमा कुनै पनि आधार, पाकिस्तानी क्षेत्रबाट कुनै पनि कारवाहीगर्न अनुमति दिने कुनै तरिका छैन। पक्कै छैन।'

अन्तर्वार्ता आइतवार एक्सिसको वेबसाइटमा प्रसारण हुनेछ। अन्तर्वार्ताकर्ता जोनाथन स्वानले इमरान खानलाई सोधे, 'के तपाईं अमेरिकी सरकारले पाकिस्तानमा सीआईएलाई अल कायदा, आईएसआईएस वा तालिबानको बिरूद्ध सीमापार आतंकवाद विरोधी अभियान सञ्चालन गर्न दिनुहुन्छ?

इमरान खानले उनलाई सीधा उत्तर दिँदै 'पटक्कै हैन' वताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077