Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अस्ट्रेलियाले हाल्यो चीनविरुद्द डब्ल्यूटीओमा उजुरी

एजेन्सी । उत्तरी छिमेकी मुलुक चीनसँग चलिरहेको व्यापार युद्धलाई अस्ट्रेलियाले झेलिरहेको छ।

त्यसो त, अस्ट्रेलिया सरकारले चीनका उत्पादनमा लगाएको करको वृद्धिको जवाफमा पुन: चीनले अस्ट्रेलियामा उत्पादित वाइनको भन्सार दरलाई अत्यधिक बढाएपछि व्यापार युद्द सुरु भएको हो ।

युद्दपश्चात् फलस्वरूप अब त्यहाँ वाइनको मूल्य तीन गुणा सम्मले बढ्ने भएको छ। जसले गर्दा अस्ट्रेलियाको सबैभन्दा ठुलो निर्यात बजारलाई असर गर्ने देखिन्छ।

यस्तो अवस्था आएपछि अस्ट्रेलिया सरकारले विश्व व्यापार सङ्गठनसँग औपचारिक रूपमा गुनासो पेस गरिरहेको छ । विशेष गरी अस्ट्रेलियाको मदिरामा एन्टि-डम्पिङ भन्सार कर लगाएकोमा उसले आपत्ति जनाएको बताइएको छ ।

यसअघि शनिबार अस्ट्रेलियाको घोषणाले अर्को यी दुई देशबिचको द्वन्द्व अझ वृद्धि हर्ने सङ्केत गरेको छ। त्यहाँका व्यापार, पर्यटन र लगानी मन्त्री डान तेहानले कृषि मन्त्री डेभिड लिटल प्राउडसँगै भनेका थिए, 'सरकारले मतभेद समाधान गर्न डब्ल्यूटीओमा स्थापित प्रणाली प्रयोग गरी अस्ट्रेलियाली मदिरा उत्पादकहरूको हितको दृढतापूर्वक रक्षा गरिरहनेछ।'

क्यानबेराले भने यो निर्णय'अस्ट्रेलियाका वाइनमेकरसँगको व्यापक परामर्श पछि' आएको हो । उनले थपेका छन्, 'अस्ट्रेलिया यस मुद्दालाई सुल्झाउन चीनको साथ प्रत्यक्ष छलफल गर्न पनि तयार छ।'

डब्ल्यूटीओमा शनिवारको गुनासो गत वर्ष विश्वव्यापी व्यापार विवादको बेला चीनले अस्ट्रेलियाली जौको आयातमा ठाडो शुल्क लगाउने निर्णय गरेका सम्बन्धमा गरेको औपचारिक अपिलको निरन्तरता हो।

अस्ट्रेलियाले समुद्री खानादेखि कोइला, जौ, मासुसम्मका पर्यटन क्षेत्र र पर्यटन क्षेत्र लगायतका बस्तुका अलावा काठ जस्ता अन्य वस्तुहरूलाई चीनमा बेच्न गाह्रो पर्दै छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077