Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ओलीको भ्याकेटमा सर्वोच्चले फ्लोर क्रस गर्ने चार सांसदलाई बोलायो

काठमाडौं । कर्णाली प्रदेशसभाका फ्लोर क्रस गर्ने सांसदलाई पुनर्बहाली गर्ने आदेशविरुद्ध नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिएको पुनरावलोकन निवेदन (भ्याकेट)मा सर्वोच्च अदालतले दुवै पक्षलाई बोलाउन आदेश दिएको छ ।

आज न्यायाधीश डा. आनन्दमोहन भट्टराई र हरि फुँयालको इजलासले रिट निवेदकलाई पनि बोलाउन आदेश दिएको हो ।

कर्णाली प्रदेशसभामा फ्लोर क्रस गरी नेकपा माओवादी केन्द्रका मुख्यमन्त्रीलाई विश्वासको मत दिएका एमाले सांसदहरु प्रकाश ज्वाला, नन्दसिंह बुढा, अम्मरबहादुर शाही र कुर्मराज शाहीलाई एमालेको दशौं महाधिवेशन आयोजक समितिले निष्कासनको कारबाही गरेको थियो ।

त्यस निर्णयविरुद्ध सांसदहरुले दिएको रिटमा सर्वोच्चले एमालेको दशौं महाधिवेशन आयोजक समितिले गरेको कारबाहीलाई अमान्य ठहर गर्दै सांसदहरुलाई पुनर्बहाली गरिदिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077