Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

मनाङमा सडक खुलाउन इन्धन अभाव

मनाङ । मनाङमा सडक खुलाउन प्रयोग गरिने उपकरणमा इन्धन अभाव भएपछि नेपाली सेनाको हेलिकोप्टरबाट इन्धन पठाइने भएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बुधबार नेपाली सेना, सडक विभाग, सम्बन्धित स्थानका जनप्रतिनिधि, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रतिनिधि सहभागी बैठकमा सडक अवरुद्ध हुँदा स्थानीयवासीको जीवन कष्टकर भएकाले चाँडो खुलाउन पहल गर्ने विषयमा छलफल भएको थियो।

झण्डै १० दिनदेखि अवरुद्ध सडक खुलाउने विषयमा सरोकारवाला निकायसँगको छलफलपछि मातहतका निकायलाई निर्देशन दिंदै भौतिक पूर्वाधार मन्त्री बसन्तकुमार नेम्वाङले बाढीपहिरोका कारण अवरुद्ध सडक तत्काल खुलाउन लाग्नुपर्ने बताए।

सो सडक खण्डमा भएको क्षतिको विस्तृत अध्ययन गर्न नेपाली सेना र सडक विभागको प्राविधिक टोली शुक्रबार पठाउने निर्णय भएको छ।

बाढीपहिरोका कारण बेंसीशहर–चामे सडक अरुद्ध हुँदा मनाङ जिल्ला सडक सञ्जालबाट बिच्छेद भएको छ। जेठ ३१ जेठ रातिदेखि आएको अबिरल वर्षाका कारण बाढीपहिराले सडक भत्काउँदा यातायात अवरुद्ध भएको थियो।

अहिले सडक विभागले बेंसीशहरदेखि १८ किलोमिटरसम्म सडक खुलाएको छ भने बाँकी खण्डको अवरोध हटाउने प्रयास भइरहेको छ।

बाढीपहिराका कारण चामेका ५६ घरमा पूर्ण क्षति पुगेको र २०० भन्दा बढी घर जोखिममा रहेका छन्।

छलफलमा विघटित प्रतिनिधि सभाका सदस्य पोल्देन छोपाङ गुरुङ, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक अनिल पोखरेल, नेपाली सेनाका प्रतिनिधि, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठ र सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापा सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077