Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

ओलीका निर्णयहरुमाथि सर्वोच्चको लगाम, रणनीति बनाउन जुटे

काठमाडौँ। सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषदका २० जना मन्त्रीको वैधतामा प्रश्न उठाउँदै जिम्मेवारी खोसेपछि उनी भावी रणनीति बनाउन जुटेका छन् ।

पछिल्लो समय सर्वोच्चको निर्णयहरूमा एकपछि अर्को गर्दै लगाम लगाउने र विपक्षीहरूको मोर्चाबन्दी थप कसिलो बन्दै जान थालेपछि अप्ठेरोमा परेका प्रधानमन्त्री ओली भावी रणनीति बनाउन जुटेका हुन् ।

त्यसका लागि उनले बुधबार दिनभर आफू पक्षीय नेताहरुलाई बालुवाटारमा बोलाएर अब कसरी अघि बढ्दा राम्रो हुन्छ भनेर सुझाव मागेका थिए । ओलीले कानुन व्यवसायीहरूसँग पनि आवश्यकता अनुसार छलफल गर्दै अघि बढ्ने तयारी गरेका छन् ।

ओलीले बुधबार पहिलो चरणमा आफ्नो मन्त्रीमण्डलमा रहेर अदालतको आदेशपछि पद खुस्किएका मन्त्री र दोस्रो लटमा आफू निकट स्थायी समिति सदस्यहरुसँग सामान्य छलफल र बढि सुझाव मागेका थिए ।

बुधबार आफूनिकटका नेताहरूसँगको छलफल सकेका ओलीले पार्टी कमिटी बैठक बोलाउने तयारी गरेको नेताहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077