Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अन्तरजिल्ला सुरक्षा समन्वय कायम गर्न डीएसपी र एसपीहरुलाई आईजीपी क्षेत्रीको निर्देशन

काठमाडौं। प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले जिल्लाको समग्र शान्ति सुरक्षा कायम गर्न अन्तरजिल्ला सुरक्षा समन्वय कायम गरी नेतृत्वदायी भूमिका खेल्दै परिस्थिति अनुसार व्यावसायिक रुपमा तयार भई पूर्ण सुझबुझका साथ काम गर्नुपर्ने बताएका छन् । 

हालै सरुवा भएका प्रहरी उपरीक्षकहरु (एसपी) र प्रहरी नायव उपरीक्षकहरु (डीएसपी) लाई प्रहरी प्रधान कार्यालयमा बिहीबार निर्देशन सम्बोधन गर्दै आईजीपी थापा क्षेत्रीले उक्त कुरा बताएका हुन्  । जिल्ला कमान्डरको आधारभूत भूमिका बहन गरी समग्र जिल्लामा सुरक्षाको अनुभूति गराई सौहार्दपूर्ण वातावरण बनाउन विशेष चनाखो भई परिचालित हुनुपर्ने उनले उल्लेख गरे ।

आइजीपी  क्षेत्रीले मनसुनजन्य विपद्, कोभिड-१९ को संक्रमण जस्तो विषम परिस्थितिमा विपद् व्यवस्थापन तथा कोरोना संक्रमण रोकथाम र नियन्त्रणमा आ-आफ्नो तर्फबाट सक्रिय भई महत्त्वपूर्ण योगदान पुर्‍याउन आवश्यक योजना बनाई कार्यान्वयन गर्न निर्देशन दिए  । आर्थिक अनियमितताविरुद्ध खरो रुपमा प्रस्तुत भई प्रहरी कर्मचारीको मनोवल उच्च राख्न प्रहरी नेतृत्वले व्यवहार, सुविधा, ड्युटी, विदा र कार्यसम्पादन मूल्यांकन न्यायोचित रुपमा गर्नुपर्नेमा उनले जोड दिए  । 

आईजीपी क्षेत्रीले प्रहरी कर्मचारीहरूको आचरण र व्यवहार परिवर्तन गरी आम नागरिकको दैनिकीप्रति व्यवहारिक बनी सुख दु:ख बुझ्ने वातारण बनाउन कुशल व्यवहारका साथ प्रस्तुत हुनुपर्ने बताए । 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077