Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

थप ३४ जनाको मृत्यु, मृतकको संख्या ९ हजार नाघ्यो

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर १ हजार ९२० जना कोरोना संक्रमित थपिएका छन्। यो संगै हालसम्म कोरोना संक्रमितको संख्या ६ लाख ६५ हजार ७७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

आइतबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलका अनुसार अनुसार गत २४ घण्टामा ६ हजार जनाको पीसीआर र ३ हजार ८३६  जनाको एन्टीजेन  बिधिबाट परिक्षण गर्दा क्रमश: १३५३ र ५६७ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै, मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा ३ हजार ००७ जना निको भएर घर फर्केका छन् ।

यसैगरी, गत २४ घण्टामा ३४ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसंगै नेपालमा हाल कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ०९ पुगेको छ।

यसअघि हिजो २,०१६ जनामा कोरोना पुष्टि हुँदा ४,९१४ जना संक्रमण मुक्त भएका थिए भने  ३० जनाको मृत्यु थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077