Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

ओलीको निर्णयमा सर्वोच्चको पुन: रोक, राजदूतमा सिफारिस कार्कीलाई नियुक्त नगर्न अन्तरिम आदेश

काठमाडौँ। सर्वोच्च अदालतले एकपछि अर्को गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको निर्णय कार्यान्वयन गर्न रोक लगाउने आदेश गरेको छ।

सर्वोच्चले आज प्रधानमन्त्री ओलीले पूर्वमन्त्री युवराज कार्कीलाई राजदूतमा गरेको सिफारिस कार्यान्वयनमा रोक लगाउने आदेश गरेको हो।

गत वैशाख २५ गतेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई बहराइनको आवासीय राजदूतका लागि सिफारिस गर्ने निर्णय थियो ।

प्रधानमन्त्री ओलीको निर्णयविरुद्ध सर्वाेच्चमा परेको रिटमा सुनुवाइ गर्दै आज न्यायाधीशद्वय सपना प्रधान मल्ल र प्रकाशकुमार ढुङ्गानाको इजलासले निवेदनको अन्तिम टुंगो नलागेसम्म कार्यान्वयन नगर्नु नगराउनु भनि अन्तरिम आदेश जारी गरेको सर्वोच्चले जनाएको छ।

यसअघि सर्वोच्चले राजदूतमा सिफारिस हुने व्यक्तिको योग्यता सम्बन्धी मापदण्ड परिर्वतन गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077