Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बंगलादेशमा बम बिस्फोटमा सातको मृत्यु

एजेन्सी । बंगलादेशमा बम बिस्फोट हुँदा ७ जनाको मृत्यु भएको छ । घटनामा ५० जनाभन्दा बढी घाइते भएका छन् ।

बंगलादेशको राजधानी ढाकाको मोघबजार क्षेत्रमा रहेको एक भवनको रेष्टुराँमा बम बिस्फोट भएको बताइएको छ ।

बिस्फोटका कारण अन्य सातवटा घरहरुमा क्षति पुगेको छ भने केही सवारीसाधन पनि ध्वस्त भएका छन् ।

बिस्फोटका कारणबारे अनुसन्धान भइरहेको जनाइएको छ ।

घाइते मध्ये १० जनाको अवस्था गम्भीर रहेका कारण मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । बिस्फोटको जिम्मेवारी कसैले लिएको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077