Online Nepal
  • आइतबार, १३ जेष्ठ २०८१
  • जसपा विवाद कायमै, आफू एक नम्बरको अध्यक्ष रहेको महन्थ ठाकुरको दावी

    जसपा विवाद कायमै, आफू एक नम्बरको अध्यक्ष रहेको महन्थ ठाकुरको दावी

    अनलाइन नेपाल
  • सोमबार, १४ असार २०७८
  • 2.6K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुरले आफूलाई एक नम्बरको अध्यक्ष भएको दाबी गरेका छन् ।

    आइतबार अध्यक्ष ठाकुर पक्षले निर्वाचन आयोगलाई पठाएको पत्रमा पार्टीको एक नम्बर अध्यक्ष महन्थ नै रहेको दावी गरिएको एक नेताले बताएका छन्।



    गत पुस ७ गतेको बैठकले महन्थ ठाकुरलाई कार्यकारिणीको अधिकार दिएका कारण उनी एक नम्बरको अध्यक्ष रहेको दावी गरिएको जसपाका ती सदस्यले जानकारी दिए ।



    अध्यक्ष ठाकुरले ५१ सदस्यीय कार्यकारिणी समितिमा उपेन्द्र यादव पक्षका २० जना हटाएर आफ्नो पक्षबाट २० जना राखेका छन् । ठाकुरले आयोगमा बुझाएको पत्रमा कार्यकारिणी समितिका ३८ जना सदस्यको हस्ताक्षर रहेको छ । जसमा कार्यकारिणी समितिको बहुमत सदस्यको बैठकले गरेका निर्णयको प्रतिलिपि पनि बुझाइएको छ । त्यस्तै, २०७७ पुस ७ गते बसेका कार्यकारिणी समितिको बैठकले गरेको निर्णयको प्रतिलिपि पनि पठाइएको छ ।

    तर, जसपाकै अर्का अध्यक्ष उपेन्द्र यादव पक्षले भने पुस ७ को बैठकमा ठाकुरलाई अधिकार दिनेगरी त्यस्तो कुनै निर्णय नभएको दावी गर्दै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार