Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

बलिउड र लागूऔषधको नाता, अभिनेत्री हिनासहित २२ जना कलाकार पक्राउ

मुम्बई। बलिउड र लागूऔषधको पुरानो नाता छ । पछिल्लो केही वर्ष यता लागुऔषध मामलामा सेलिब्रेटीहरु जोडिएपछि प्रहरीले सबै स्टारहरुमाथि निगरानी गरिरहेका छन् ।

यसैवीच, महाराष्ट्र प्रहरीले एक पाटीमा छापामारेर २२ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा मराठी फिल्मकी अभिनेत्री हिना पाञ्चालसहित केही कलाकार र कोरियोग्राफर समेत रहेकाछन् । उनीहरुलाई अहिले हिरासतमा राखिएको महाराष्ट्र प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार प्रहरी टोलीले पार्टीबाट लागुऔषध र केही रुपैंयाँ बरामद गरेको छ । उनीहरुको हाल मेडिकल जाँच भइरहेको छ ।

केही दिन अघि प्रहरीको एक टोलीले अभिनेत्री नायरा नेहल शाहलाई पनि लागूऔषधमै पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077