Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

थप ४२ जनाको मृत्यु, मृतकको संख्या ९,०५१ पुग्यो

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर २ हजार ४४४ जना कोरोना संक्रमित थपिएका छन् । यो संगै हालसम्म कोरोना संक्रमितको संख्या ६ लाख ६८ हजार २२१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

सोमबार स्वास्थ्य मन्त्रालयका अनुसार अनुसार गत २४ घण्टामा ६ हजार ६४८ जनाको पीसीआर र ४ हजार ९९२  जनाको एन्टीजेन  बिधिबाट परिक्षण गर्दा क्रमश: १,५०९ र ९३५ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै, मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा ३ हजार ८५३ जना निको भएर घर फर्केका छन् ।

यसैगरी, गत २४ घण्टामा ४२ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसंगै नेपालमा हाल कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ५१ पुगेको छ।

यसअघि हिजो १,९२० जनामा कोरोना पुष्टि हुँदा ३,००७ जना संक्रमण मुक्त भएका थिए भने  ३४ जनाको मृत्यु थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077