Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

प्रतिनिधिसभा पुनःस्थापना भए झनै समस्या हुन्छ : नायब महान्यायाधिवक्ता पाण्डेय

काठमाडौँ । नायव महान्यायाधिवक्ता पद्मप्रसाद पाण्डेयले प्रतिनिसभा पुनःस्थापना भएमा झनै समस्या सिर्जना हुने तर्क गरेका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइका क्रममा सरकारी पक्षबाट बहस गर्दै उहाँले प्रतिनिधिसभा पुनःस्थापनापछि झन समस्या हुने तर्क गरेका हुन्।

'विगतमा संसद् पुनःस्थापना भएपछि राजनीतिक अवस्था झन बिग्रीएको छ, अहिले पुनःस्थापना भएपछि झन् ठूलो समस्या आउँछ', पाण्डेयले भने, 'संसद् पुनःस्थापना भएपछि राजनीतिक समस्या समाधान नहुने कुरा बाहिर आइरहेको छ, त्यसकारण रिट जारी हुनु हुँदैन ।'

न्यायाधीश खतिवडाले अदालतकै कारण राजनीतिक अस्थिरता भएको हो भन्ने भन्ने प्रश्नमा उनले अदालत पनि राजनीतिक अस्थिरताको कारण भएको उत्तर दिए । सरकारी पक्षबाट बहस गर्ने क्रममा नायव महान्यायाधिवक्ता पाण्डेयको समय सकिएको छ । अहिले अर्का नायव महान्यायाधिवक्ता विश्वराज कोइरालाले बहस शुरु गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077