Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • रुपा सुनार प्रकरण

    शिक्षामन्त्री श्रेष्ठको गैरजिम्मेवार हस्तक्षेपमाथि गगनको आक्रोश

    शिक्षामन्त्री श्रेष्ठको गैरजिम्मेवार हस्तक्षेपमाथि गगनको आक्रोश

    अनलाइन नेपाल
  • मंगलबार, १५ असार २०७८
  • 2.5K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता एवं पूर्वमन्त्री गगनकुमार थापाले कलाकार एवं दलित अधिकारकर्मी रूपा सुनारमाथि भएको जातीय विभेदबारे मुख खोलेका छन्।

    केही दिनअघि सञ्चारकर्मी सुनारलाई दलित भएका कारण कोठा भाडामा नदिएको भन्दै प्रहरीले काठमाडौं बबरमहलकी घरबेटी सरस्वती प्रधानलाई नियन्त्रणमा लिएको थियो ।



    आज पूर्वमन्त्री समेत रहेका थापाले सञ्चारकर्मी सुनारमाथि भएको जातीय विभेदबारे मुख खोल्दै घटनापछि न्याय निरूपणको स्वाभाविक प्रक्रिया अघि बढिरहेको अवस्थामा सरकारका मन्त्रीको गैरजिम्मेवार हस्तक्षेप प्रति आक्रोश र असहमति व्यक्त समेत गरेका छन्।



    जातीय विभेदका कारण प्रहरी हिरासतमा रहेकी घरबेटी प्रधान ३ दिनपछि प्रहरी नियन्त्रणबाट छुट्दा शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठले आफ्नै सवारी गाडीमा लिफ्ट दिएका थिए । उनको यो शैलीको सर्वत्र बिरोध हुदै आइरहेको छ।

    तर, फेरि पनि जातीय विभेदको कुनै एउटा घटनापछि आक्रोशित बहस हुने, र तुरुन्तै सेलाएर जाने अनि विभेदका घटनाचाहिँ दोहोरिइरहने त होइन भन्ने तर्फ सचेत रहनुपर्ने भन्दै नेता थापाले यस्तो हुन नदिन विभेदको कुनै पनि घटनामा राज्य कहाँ उभिने भन्ने प्रश्नमा निरन्तर बहस चलाइरहनुपर्ने बताएका छन्।

    मंगलबार साँझ सामाजिक सञ्जालमार्फत् थापाले भनेका छन्, ‘अतःजातीय विभेदको कुनै पनि घटनामा बिना कुनै आग्रह, कुनै किन्तु परन्तु विना, निष्पक्ष रूपमा संविधान र कानूनको यो प्रबन्धको कार्यान्वयन गर्नु गराउनु राज्यको निर्विकल्प दायित्व हो ।

    ‘संविधानमा यो पनि लेखेका छौँ, परम्परा,रीति तथा संस्कारका नाममा हुने सबै प्रकारको विभेदको अन्त्य गरी सभ्य समाज निर्माण गर्ने राज्यको नीति हुनेछ। यो नीतिलाई वास्तविकतामा अनुवाद गर्न विभेदको घटनामा संलग्न व्यक्ति वा संस्थालाई सजाय त आवश्यक हुन्छ नै तर त्यति मात्र पर्याप्त हुँदैन ।’ उनले उल्लेख गरेका छन्।

    यस्तै, उनी भन्छन्, ‘सरकारले आफ्नो दायित्व बिर्सिएर द्वन्द्व चर्काउन गरेको यस्तो धृष्टताको विरोध गर्दै जातीय विभेदको घटनामा राज्यलाई सही ठाउँमा उभाउनुपर्ने त छ नै सँगै सबैखाले विभेदको अन्त्य भएको समाज निर्माण गर्न नागरिकलाई विभेद नगर्ने र विभेद नसहने नागरिकमा रुपान्तरणको सत्प्रयास पनि गरिरहनुपर्नेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार