Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मेलम्चीमा फेरि बाढी आयो

सिन्धुपाल्चोक । लगातारको वर्षाका कारण सिन्धुपाल्चोकको मेलम्ची खोलामा बाढी आएको छ ।

केही दिन अघिमात्र वितण्डा मच्चाएको मेलम्ची खोलामा फेरि वहाव बढेपछि त्यहाँका स्थानीयवासीलाई त्रसित बनेका छन् ।

निरन्तर परेको पानीले हेलम्बुदेखि मेलम्चीसम्मको बस्ती जोखिममा परेको भन्दै प्रहरीले त्यहाँका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।

गत असार १ र असार ५ गते आएको बाढीले जोगाएको खोला किनारका घर तथा संरचना र खेतीयोग्य जमिनसमेत अहिलेको वर्षाले कटान गरिरहेको छ ।

अझै बाढी आउनसक्ने भएकाकाले तटीय क्षेत्रका मानिसहरुलाई सुरक्षित स्थानमा गएर बस्न मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077