Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

 ४ जना सहसचिवलाई सचिवमा बढुवा गर्ने निर्णय

काठमाडौँ । मन्त्रिपरिषदको बैठकले   ४ जना सहसचिवलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ।

बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको  बैठकले २ जना प्रशासनतर्फ र २ जना प्राविधिकतर्फ गरेर ४ जना सहसचिवलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको वताइएको छ।

मन्त्रिपरिषदको बैठकले कृषि तथा वन सेवातर्फ वरिष्ठ सहसचिव डा. कृष्णप्रसाद आचार्यलाई सचिवमा बढुवा गरेको छ भने इन्जिनियरिङ सेवातर्फ वरिष्ठ सहसचिव प्रमिला बज्राचार्यको बढुवा भएको छ।

प्रशासनतर्फ एक सचिवमा बढुवाका लागि सहसचिव डा. दामोदर रेग्मीको मात्र नाम बढुवा समितिबाट सिफारिस भएकाले उनी बढुवामा परेका हुन।

डा. रेग्मी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा प्रशासन महाशाखा प्रमुखका रूपमा कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077