Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

अब कोरोना खोप आउनेमात्रै होइन खोप लगाउने अभियान नै चल्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अब नेपालमा कोरोना भाइरस विरुद्धको खोप लगातार आउने भन्दै अब खोप लगाउने अभियान नै चल्ने दावी गरेका छन् । प्रधानमन्त्री ओलीले भने–‘अब भ्याक्सिन लगातार आउनेछ, भ्याक्सिनको क्याम्पेन नै चल्नेछ । हामी भ्याक्सिन पाइएन भन्ने स्थितिबाट अगाडि बढेका छौं ।’

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले केही समय खोप पाउन समस्या भए पनि मित्रराष्ट्रहरुसँगको संवादका कारण खोपमा देखिएको समस्या समाधान भएको बताए । ओलीले भने–‘बीचमा हामीलाई भ्याक्सिन पाउन कठिन भएको थियो, विभिन्न मित्रराष्ट्रसँग संवाद गरेर त्यसलाई समाधान गरेका छौं ।’

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077