Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

नारायणगढ मुग्लिन सडकखण्डमा पुनः अवरुद्ध

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा पुनः पहिरो खस्दा सडक अवरुद्ध भएको छ।

भरतपुर महानगरपालिका–२९ सेती दोभानमा गएराति १० बजे पहिरो खसेको हो । राति पहिरो खसेसँगै सडक पूर्णरुपले अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पानी परिरहेकोले पहिरो पन्छाउन समस्या भएको छ ।

शुक्रबार राति खसेको पहिरो शनिबार बिहान पन्छाएसँंगै बाटो खुलेको थियो । एक सातादेखि सो सडकखण्डमा पटक पटक पहिरो खस्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077