Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

नारायणगढ–मुग्लिङ पुनः अवरुद्ध

चितवन । नारायणगढ–मुग्लिङ सडक खण्ड पुनः बन्द भएको छ । चौध किलो र सेती दोभानमा लेदोसहितको पहिरो खसेपछि गएरातिदेखि बाटो बन्द भएको हो ।

सेतीदोभान पहिरो हटाएर एकतर्फी खुलेलगत्तै फेरि बन्द भएको हो । पहिरो खुलाउने प्रयास भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । आइतबार सडक बन्द भएपछि गाडी बीचबाटोमै रोकिएका छन् । मनसुन सुरु भएदेखि नारायणगढ–मुग्लिङ सडकमा पहिरो झर्ने क्रम रोकिएको छैन ।

पछिल्लो एक हप्तादेखि निरन्तर पहिरो झर्ने र पन्छाउने काम हुँदै आएको छ । पहिरो हटाएलगत्तै फेरि खस्दा समस्या भइरहेको ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077