Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

२,६२२ जनामा संक्रमण पुष्टि हुँदा २,२११ जना डिस्चार्ज

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ६२२ जनामा कोरोना संक्रमित थपिएका छन् भने २ हजार २११ जना कोरोनामुक्त भएका छन् । देशभरका विभिन्न प्रयोगशालामा गरिएका परिक्षणमा उक्त संख्यामा संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ७४९९ जना र एन्टीजेन विधिबाट ४०२८ जना गरी जम्मा ११५२७ जनाको कोरोना परिक्षण गरिएको छ ।

यससँगै नेपालमा हालसम्म ६ लाख ८२ हजार ३  सय ६१ जना संक्रमित पुगेका छन्। पछिल्लो २४ घण्टामा २३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै हालसम्म ९ हजार २ सय ४८ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयले परीक्षण सरकारी ल्याबहरुमा निःशुल्क भएपनि परीक्षण घटेको जनाएको छ । मन्त्रालयले लक्षण देखिएकाहरुलाई परीक्षण गराउन पनि अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077