Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • नेपालमा चिनियाँ नागरिकको बिगबिगी, होटलै खोलेर जुवातास खेलाउनेदेखि वन्यजस्तु तस्करीमा सक्रिय

    नेपालमा चिनियाँ नागरिकको बिगबिगी, होटलै खोलेर जुवातास खेलाउनेदेखि वन्यजस्तु तस्करीमा सक्रिय

    अनलाइन नेपाल
  • मंगलबार, २२ असार २०७८
  • 3.5K
    SHARES

    काठमाडौँ । काठमाडौँको ठमेलमा जुवातास खेलाउने चार जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

    महानगरीय प्रहरी परिसर काठमाडौंले काठमाडौं महानगरपालिका १७ ज्याठास्थितको गल्लीभित्र होटल नै सञ्चालन गरेर जुवातासको धन्दा चलाउने चिनियाँ नागरिकलाई ८ लाख ८९ हजार नेपाली रुपैयाँसहित पक्राउ गरेको हो।



    आज परिसरमा आयोजित पत्रकार सम्मेलनमा काठमाडौँ प्रहरी प्रमुख एसएसपी अशोक सिंहले ज्याठाबाट सोमवार राती ४ जना चाइनिज नागरिकलाई पक्राउ गरिएको जानकारी दिए।



    एसएसपी सिंहका अनुसार पक्राउ परेका चिनियाँले आफ्नै होटल खोलेर इलेक्ट्रिक माध्यमको जुवा खेलाउँदै आएका थिए । ‘एक जना चिनियाँले होटल खोलेर चाइनिज प्रविधिको इलेक्ट्रिक जुवा खेलाउँदै आएका रहेछन्’, एसएसपी सिंहले भने, ‘माजुङ भन्ने प्लास्टिकको गोटी र विद्युतीय टेबल फेला परेको छ।’

    प्रहरीले उनीहरुबाट दुर्लभ बाघको छाला १ थान, कस्तुरीको विना २० थान, बुद्धचित्त ९ सय थान र रुद्राक्ष २ सय केजी बरामद गरेको जनाएको छ। उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार