Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

लिलामणि पोखरेलको बादल समूहलाई प्रश्न - माओवादीबाट चुनाव जित्दा वैधानिक, एमालेमा गएपछि अवैधानिक ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका स्थायी समिति सदस्य लिलामणि पोखरेलले एमाले प्रवेश गरेका रामबहादुर थापा ‘बादल’ समूहले माओवादी अवैधानिक भन्दै निर्वाचन आयोग दिन लागेको उजुरीका विषयमा आपत्ति जनाएका छन्।

नेता पौडेलले माओवादी पार्टीबाटै चुनाव जितेर मन्त्री हुँदासम्म वैधानिक हुने तर, एमाले प्रवेश गरेपछि अवैधानिक हुने भन्दै प्रश्न गरे ।

माओवादी पार्टीमा लामो समय बसेर अवसर लिएका थापासहित टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, गौरीशंकर थारुलगायत नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि साथ दिँदै मन्त्री भएका थिए।

एमाले प्रवेश गरेका माओवादी नेताहरू पुनःमाओवादीमै फर्किने अवस्था नभएपछि निर्वाचन आयोगमा माओवादी पार्टी अवैधानिक भएको भन्दै मुद्दा हाल्ने चरणमा पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077