Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

धनुषामा लागूऔषधसहित दुईजना पक्राउ

रामनारायण यादव/ धनुषा । प्रहरीले लागूऔषध सहित दुई जनालाई पक्राउ गरेको छ ।

धनुषाको जनकपुर उपमहानगरपालिका वडा नम्वर १६ पुलचोक नजिकै हुलाकी सडक खण्ड स्थित चेक प्वाइन्टमाबाट उनीहरुलाई लागूऔषध सहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा जिल्लाको सबैला नगरपालिका वडा नम्वर ९ भटियन बस्ने २० वर्षीय हर्ष कुमार साह र सोही ठाउँका १९ वर्षीय रोहित कुमार साह रहेको  जिल्ला प्रहरी कार्यालय धुनषाका प्रवक्ता मकेन्द्र कुमार मिश्रले जानकारी दिए ।

मंगलबारबार दिउँसो बा ९३ प ५१८७ नम्वरको मोटरसाइकललाई चेक जाँच गर्ने क्रममा मोटरसाइकलको सिट मुनि लुकाई ल्याएको कालो प्लाष्टिको झोलामा नाइट्राजेपाम १० ट्यावलेट र रेक्सकोफ खांसी सिरप ८ बोतल लागूऔषध बरामद भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077