Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भारतबाट पेस्तोल र गोली बोकेर नेपाल आउँदै गरेका ३ जना पक्राउ

सर्लाही । २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र प्रहरी चौकी ब्रहमपुरी सर्लाहीबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट पेस्तोल र गोली बोकेर नेपाल आउँदै गरेका ३ जनालाई पक्राउ गरेको छ ।

प्रहरी टोलीले ब्रहमपुरी गाउँपालिका-२ स्थित ब्रहमपुरी-मोहनपुर सडक खण्डबाट २ थान पेस्तोल, १७ थान गोली, ४ थान म्याग्जीन र ३ थान मोवाइलसहित ३ जनालाई शुक्रबार दिउँसो  पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा ब्रहमपुरी गाउँपालिका-४ त्रिभुवननगर बस्ने २३ वर्षीय रमेश मण्डल, २० वर्षीय लाली भन्ने नुर आलम मन्सुर र १९ वर्षीय राहुल भन्ने इवरान रायभाट रहेका छन् ।
बिआर ३० एक्स ६०११ नम्बरको मोटरसाइकलमा हातहतियार बोकी भारतबाट नेपालतर्फ आउँदै गरेको भन्ने खबर प्राप्त हुनासाथ २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र प्रहरी चौकी ब्रहमपुरी सर्लाहीबाट खटिएको संयुक्त प्रहरी टोलीले मोटरसाइकल जाँच गर्दा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त हातहतियार सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077