Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

माओवादी केन्द्र वैधानिक रहेको निर्वाचन आयोगको ठहर, विघटन गर्नुपर्ने माग खारेज

काठमाडौँ । निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्र विघटन गर्नुपर्ने माग गरी दर्ता भएको निवेदन खारेज गरेको छ ।

नेकपा एमालेमा प्रवेश गरेका पूर्वमाओवादी नेताहरूतर्फबाट अधिवक्ता सरोज बुढाथोकीले माओवादीविरुद्ध आयोगमा निवेदन दिएका थिए । उनले पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको नेकपा माओवादी केन्द्रको वैधानिकतामा प्रश्न उठाउँदै खारेज गर्न माग गरेका थिए ।

यसै बिषयमा आइतबार आयोगले माओवादी केन्द्रविरुद्ध परेको निवेदनमाथि छानबिन गर्दै माओवादी विघटन गर्नुपर्ने माग गरी दर्ता भएको निवेदन खारेज गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए।

'माओवादी केन्द्र वैधानिक रहेको आयोगले ठहर गरेको छ । यसविरुद्ध परेको निवेदन खारेज भएको छ,' आयोगका प्रवक्ता श्रेष्ठले भने।

आयोगमा निवेदन परेपछि पूर्वमाओवादी नेताहरू पनि आयोग पुगेका थिए । टोपबहादुर रायमाझी, प्रभु साह, मणि थापा र गौरीशंकर चौधरीले आयोग पुगेर निवेदनमाथि छानबिन गर्न माग गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077