Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

काठमाडौँबाट 'मेड इन यूएसए' लेखेको पेस्तोलसहित १ जना पक्राउ

काठमाडौँ । काठमाडौँको कत्यानी चोकबाट प्रहरीले पेस्तोलसहित १ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्ला धनुषा उपमहानगरपालिका-२ विधानगर टोल घर भई काठमाडौँ बसुन्धारा बस्ने ३१ बर्षीय जय प्रकाश महतो रहेका छन्।

विशेष सूचनाको आधारमा गत असार २३ गते महानगरीय प्रहरी कार्यालय रानिपोखरी र प्रहरी वृत्त वानेश्वरबाट खटिएको प्रहरीको बिशेष टोलीले महतोलाई कत्यानी चोकको फुटपाथबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार पक्राउ परेका महतो शंकास्पद गतिविधीमा हिडिरहेको र शंका लागेर चेकजाँच गर्दा झोला भित्र लुकाई छिपाई राखेको अवस्थामा 'मेड इन युएसए' लेखेको म्याग्जिनसहितको १ थान पेस्तोल फेला पारेको हो।

पक्राउ परेका महतोलाई वृत्त वानेश्वरवाट थप अनुसन्धानको लागी जिल्ला अदालत ववरमहलबाट दिन ७ (सात) म्याद थप गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077