Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

अमेरिकाले खोप दिएकै दिन चिनियाँ राजदूतद्वारा नेपाललाई थप खोप सहयोग गर्ने घोषणा

काठमाडौं।  नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपालले खरिद गरेको सबै खोप पनि चाँडै आउने बताएकी छन् ।

राजदूत  यान्छीले चीनले नेपाललाई थप खोप सहयोग गर्ने आश्वासन दिएकी छन् । सोमवार विहान आयोजित भर्चुअल पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै राजदूत यान्छीले कोभिड महामारीका कारण नेपालबाट चीनतर्फ रोकिएको निर्यात कोभिड नियन्त्रण भएपछि मात्रै खुल्ने वताइन ।

नेपालले खरिद गरेको ४० लाख डोज साइनोफार्ममध्ये सबै चाँडै नै आउने  दाबी गर्दै उनले भविष्यमा नेपाललाई बढी भन्दा बढी खोप पठाउने जानकारी दिइन ।

चीनले १८ लाख साइनोफार्म कम्पनीको भेरोसेल खोप उपलब्ध गराइसकेको छ भने नेपालले खरिद गरेको ४० लाख डोज खोपमध्ये पहिलो चरणमा ८ लाख खोप आइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077