Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

कोरोना अपडेट : थप १२ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ३९८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा थप २ हजार ०७८ जना निको भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ०५८ पीसीआर परीक्षणमा १ हजार ६३९ जना र ३ हजार ९५४ एन्टिजेन परीक्षण गर्दा ७५९ गरी २ हजार ३९८ जनामा कोरोना भाइरस संक्रमण देखिएको जनाएको छ ।

योसँगै कोरोना संक्रमितको कुल संख्या ६ लाख ५९ हजार ५३७ पुगेको छ भने ६ लाख २३ हजार १०५ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ । तीमध्ये हालसम्म ९ हजार ४१२ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077