Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • बालुवाटार छाड्दा ओलीको यस्तो तामझाम

    बालुवाटार छाड्दा ओलीको यस्तो तामझाम

    अनलाइन नेपाल
  • बुधबार, ३० असार २०७८
  • 1.9K
    SHARES

    काठमाडौं । निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारस्थित सरकारी निवास तामझामका साथ छाडेका छन् । आज उनी आफ्नै निजी निवास बालकोट सरेका हुन् ।

    ओलीले सरकारी निवास छोड्दै गर्दा उनको स्वागतमा एमाले कार्यकर्ताहरु बालुवाटारस्थित सरकारी निवासमा भेला भएका थिए ।



    एमाले नेता महेश बस्नेतले ओलीलाई बालुवाटारदेखि निजी निवाससम्म नेता कार्यकर्ताले स्टिमिङ्ग र स्वागत गर्दै बालकोट लग्ने बताएका थिए। बस्नेतका अनुसार दुई हजार गाडी र तीन हजार मोटरसाइकलले ओलीलाई बालकोट पुर्‍याउने कार्यक्रम रहेको छ । साथै कौशलटारदेखि बालकोटसम्म जनताले स्वागत गर्ने कार्यक्रम समेत रहेको छ ।



    गत सोमबार सर्वोच्च अदालतले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने गरी परमादेश जारी गरेपछि ओलीको सरकारबाट बहिर्गमन भएको हो ।

    २८ असारमा सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापित गर्दै प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न परमादेश दिएपछि ओली पदमुक्त भएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार