Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • बालकोटमा ओली समर्थकको नारा- प्रचण्ड र माकुनेलाई फाँसी दे !

    बालकोटमा ओली समर्थकको नारा- प्रचण्ड र माकुनेलाई फाँसी दे !

    अनलाइन नेपाल
  • बुधबार, ३० असार २०७८
  • 1.5K
    SHARES

    काठमाडौँ । निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सरकारी निवास बालुवाटार छाडेर आज निजी निवास बालकोट गएका छन्।

    बुधबार दिउँसो ओलीलाई नेकपा एमालेको भातृ संगठन युथ फोर्स र युवा संघका नेता तथा कार्यकर्ताले बाजागाजासहित र्‍याली र प्रदर्शन गरेर बालकोट पुर्‍याएका हुन् ।



    बालकोटस्थित ओलीको घर पुग्नै लाग्दा कार्यकर्ताहरूले नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालविरूद्ध नारावाजी गर्दै उनीहरुले ‘माकुनेलाई फाँसी दे, प्रचण्डलाई फाँसी दे’ भन्दै नारावाजी गरेका थिए।



    गत सोमबार सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६ को ५ अनुसार प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएपछि पदमुक्त भएका ओलीले बुधबार बिहान  बालुवाटार छोडेका हुन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार