Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

४० किलो लागूऔषध गाँजाको कन्टेनरसहित सहचालक पक्राउ

हेटौंडा। जिल्ला प्रहरी कार्यालय मकवानपुरले ४० किलो अवैध लागूऔषध गाँजाको कन्टेनरसहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कन्टेनरका सहचालक नुवाकोट बेलकोटगढी न.पा. वडा नं. ४ बस्ने १९ बर्षीय दिपक गुरुङ रहेका छन्।

बुधबार बिहान बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले हे.उ.म.न.पा.-१९ नेवारपानीस्थित पूर्व-पश्‍चिम लोकमार्ग सडकखण्डबाट हेटौडातर्फ आउँदै गरेको ना ६ ख ३७४१ नं. को कन्टेनर गाडीलाई रोकेर चेकजाँच गर्दा सो परिमाणको लागुऔषध गाँजा फेला परेको प्रहरीले जनाएको छ।

यस घटनाका बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077