Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

१६९ किलो लागूऔषध गाँजासहितको भारतीय ट्रक प्रहरी नियन्त्रणमा

हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले १६९ किलो लागूऔषध गाँजासहितको भारतीय ट्रक र दुई जनालाई नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा ट्रक चालक भारत मोतिहारीका ३० बर्षीय रविन्द्र राय र सहचालक ३१ बर्षीय मुक्तार सैफिक रहेका छन्।

बुधबार बिहान बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले हे.उ.म.न.पा. -१५ रातोमाटेस्थित पूर्व पश्‍चिम लोकमार्ग सडकखण्डबाट बारा तर्फ जाँदै गरेको भारतीय ट्रकलाई चेकजाँच गर्दा सो परिमाणको लागुऔषध गाँजा फेला परेको प्रहरीले जनाएको छ।

यस घटनाका बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।


 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077