Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

माधव नेपालको घरमा प्रहरीको उच्च सुरक्षा, ओलीका युवाको टार्गेट !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्षका युवाहरुले नेता माधवकुमार नेपाललाई टार्गेट गर्दै घर घेर्ने तयारी गरेपछि प्रहरीले उच्च सतर्कता अपनाएको जनाएको छ ।

सुरक्षा स्रोतका अनुसार ओलीलाई बुधबार बालुवाटारबाट बालकोट पुर्‍याएको युवा दस्ताले कोटेश्वरस्थित नेपालको घर घेर्ने तयारी गरेपछि प्रहरीले उच्च सतर्कता अपनाएको हो।

ओली पक्षका युवालाई नेपालको घरतर्फ जानबाट रोक्न प्रहरी परिचालन भएको छ, सुरक्षा स्रोतले भन्यो, नेपालको घर घेरेर आक्रामक गर्नसक्ने गम्भीर सूचना पाएका छौं।'

आज बिहान बालुवाटारबाट बालकोट पुगेका पूर्वप्रधानमन्त्री ओलीले नेता नेपाललाई एमालेमा कुनै स्थान नभएको बताउदै गद्दारको संज्ञा दिएका थिए भने ओली समूहका युवाहरुले नेपाललाई फाँसी दिन माग गर्दै नाराबाजी गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077