Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जनताको ढाड सेक्ने गरी सार्वजनिक यातायातको भाडा बढाएर बाहिरियो ओली सरकार

काठमाडौं । निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले जनताको ढाड सेक्ने गरी लामो दूरीमा चल्ने सार्वजनिक यातायातको भाडा बढाएर बिदा भएको छ।

बुधबार यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै सार्वजनिक यातायातको भाडा बढेको जनाएको हो । सूचनाका अनुसार निर्वतमान प्रधानमन्त्री ओली सरकारले लामो दूरीको सार्वजनिक यातायातमा २८ प्रतिशतसम्म भाडा बढाएको हो । दुई वा दुईभन्दा बढी प्रदेशमा सञ्चालन हुने सार्वजनिक यातायातमा भाडा बढाइएको विभागले जारी गरेको सूचनामा उल्लेख छ ।

लामो दूरीका यात्रीवाहक सवारीसाधनमा २८ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवहाक साधनमा २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीसाधनमा २६ प्रतिशतले भाडा बढाइएको छ ।

२०७८ असार २७ गतेको भौतिक पूवार्धार तथा यातायात मन्त्रालयको स्वीकृतिमा सार्वजनिक यातायातको भाडा बढाएको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077