Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

पोखराबाट ठूलो परिमाणको लागूऔषध र नगदसहित गुरुङ पक्राउ

पोखरा  । जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरामा ठूलो परिमाणको लागूऔषध र नगदसहित एक जना व्यक्तिलाई पक्राउ गरेको छ ।

कास्की प्रहरीले पोखरा महानगरपालिका १ बगर बस्ने ४९ वर्षीय अर्जुन कुमार गुरुङलाई लागुऔषध र नगदसहित बुधबार अपरान्ह पक्राउ गरेको हो ।

लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरी टोलीले आफ्नै घरमा  सुटकेसभित्र लुकाइ छिपाइ राखेको  लागूऔषध डाईजापान– ६७० एम्पुल, फेनेरागन– ६७० एम्पुल, नुर्फिन– ६७४ एम्पुल गरी जम्मा २०१६ एम्पुल, मोबाइल थान १ र नगद रु पाँचलाख २१ हजार दुईसयसहित बरामद गरेको हो ।

गुरुङलाई लागूऔषध सम्बन्धी कसुर अन्तरगत अनुसन्धानको कार्य अगाडि बढाएकोे जिल्ला प्रहरी कार्यालय पोखराका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077