Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

१,८०१ जनामा संक्रमण पुष्टि हुँदा १,६६७ जना डिस्चार्ज

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ८०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा थप १ हजार ६६७ जना निको भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६२८ पीसीआर परीक्षणमा १ हजार २२३  जना र ३ हजार एन्टिजेन परीक्षण गर्दा ५७८ गरी १ हजार ८०१ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २३ जनाको मृत्यु भएको छ । तीमध्ये हालसम्म ९ हजार ५५० जनाको मृत्यु भएको छ ।

यसअघि हिजो १,८७५ जनामा संक्रमण पुष्टि हुँदा २,१६४ जना डिस्चार्ज भएका थिए भने २१  जनाको मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077