Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

एमाले प्रवक्तालाई मिनेन्द्र रिजालको जवाफ : देउवालाई सर्वोच्चले होइन संबिधानले प्रधानमन्त्री बनाएको हो

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा मिनेन्द्र रिजालले एमाले प्रवक्ता प्रवक्ता ज्ञवालीलाई सर्वोच्च अदालतले प्रधानमन्त्री नियुक्त नगरेको भन्दै संविधानले नै नियुक्त गरेको जवाफ दिएका छन् ।

आज प्रतिनिधिसभाको बैठकमा बोल्दै नेता रिजालले प्रधानमन्त्री एवं पार्टीका सभापति शेरबहादुर देउवालाई संसदमा विश्वासको मत माग्दै एमाले प्रवक्ता ज्ञवालीले अगाडि दिएको अभिव्यक्तिप्रति आक्रोश ब्यक्त गरेका हुन्।

अहंकारले गर्दा एमालेलाई यहाँसम्म पुर्याएको भन्दै आगामी दिनमा त्यसो नगर्न सुझाब दिंदै उनले भने, सरकार कसरी चल्छ हेर्न आग्रह गरे।

यस अघि प्रमुख प्रतिपक्षी दल  एमालेका नेता  ज्ञवालीले कांग्रेस सभापति  देउवा श्रीमान ५ हरुबाट प्रधानमन्त्री बनेको आरोप लगाएका थिए  ।

तत्कालिन राजा ज्ञानेन्द्र शाहले प्रधानमन्त्री पद खोसेका देउवालाई अहिले सर्वोच्च अदाललतका प्रधानन्यायाधीशसहित चार न्यायाधीहरुले प्रधानमन्त्री बनाएको भन्दै उनले देउवा संविधान धारा ५ बाट नभई श्रीमान ५ हरुबाट प्रधानमन्त्रीमा नियुक्त भएको बताएका थिए ।

गत मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएका कांग्रेस सभापति देउवाले आज संसदमा विश्वासको मत लिंदैछन् ।

संसदमा नेकपा एमाले प्रमुख प्रतिपक्षका रुपमा रहने छ । सर्वोच्चको आदेशबाट संसद पुनर्स्थापनासँगै साढे तीन वर्षदेखि सत्तामा रहेका केपी शर्मा ओली सत्ताबाट बाहिरिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077