Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संयुक्त राष्ट्रसंघको वरियतामा नेपाली सेना दोस्रो स्थानमा

काठमाडौँ । नेपाली सेना संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति सैनिक पठाउने सूचीमा दोस्रो स्थानमा स्तरोन्नती भएको छ ।

संयुक्त राष्ट्रसंघको १२ शान्ति स्थापनार्थ मिशनमा सहभागी नेपाली सेना राष्ट्र सङ्घको वरियता सूचीमा तेस्रो स्थानबाट अहिले दोस्रो स्थानमा उक्लिएको हो ।

राष्ट्रसंघले विभिन्न मिसनमा फौजको सङ्ख्या घटाइरहेका बेला नेपालको राम्रो कार्य क्षमताका कारण सङ्ख्या थपको माग भइरहेको सेनाका प्रवक्ता सहायक रथी सन्तोष बल्लभ पौडेलले जानकारी दिए ।

विश्वका विभिन्न द्वन्द्वग्रस्त देशमा संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ तैनाथ करिब १२१ राष्ट्रमध्ये सङ्ख्याका आधारमा बङ्गलादेश, नेपाल, भारत, इथियोपिया र रुवान्डा क्रमश अग्रणी छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077