Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

माधवको साथ छोडेर ओलीलाई अंगालेका गोकर्ण भन्छन् - धैर्यता गर्नु, एकता हुन्छ !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका नेता गोकर्ण विष्टले पार्टी एकताका लागि धैर्यता नगुमाउन आग्रह गरेका छन् ।

सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत नेता विष्टले पार्टी एकताको लागि प्रयत्न कायम रहेको बताउँदै धैर्यता नगुमाउन आग्रह गरेका हुन् ।

उनले फेसबुकमा लेखेका छन् 'हामी पार्टीलाई एकताबद्ध गर्न निरन्तर प्रयत्न गरिरहेका छौँ । अनेकन प्रतिक्रियाहरूको बीचमा पनि पार्टी एकताको लागि हाम्रो प्रयत्न कायमै रहनेछ । यसबीचमा देखापर्ने विभिन्न घटनाक्रमहरुमा पनि एकताका लागि धैर्यता नगुमाऔं । '

आइतबार प्रतिनिधिसभामा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई एमालेका २४ सांसदले विश्वासको मत दिएपछि पार्टी थप विवादित बनेको छ । जसले गर्दा एमालेमा फेरि ठूलै बिद्रोह हुने देखिएको छ।

यसअघि माधव नेपाल समूहमा रहेर अध्यक्ष केपी शर्मा ओलीको निरङ्कुश शासन प्रवृतिबिरुद्द संघर्ष गर्दै आएका नेता विष्टले हिजोको निर्णयमा भने नेपालको साथ् छाडेर  ओलीलाई अंगालेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077