Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

अन्तिम मिनेटको गोलले आइभोरी कोस्टको रोमाञ्चक जित, इक्वेडर स्तब्ध

अन्तिम मिनेटको गोलले आइभोरी कोस्टको रोमाञ्चक जित, इक्वेडर स्तब्ध

सोमवार , आषाढ १, २०८३

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ई’ मा आइभोरी कोस्ट र इक्वेडरबीचको खेल अत्यन्तै रोमाञ्चक बनेको छ ।

आइभोरी कोस्टले अन्तिम क्षणमा गरेको गोलमार्फत इक्वेडरलाई १–० ले पराजित गर्दै महत्वपूर्ण तीन अंक हात पारेको हो ।

फिलाडेल्फिया स्टेडियममा भएको खेलमा निर्धारित ९०औँ मिनेटसम्म दुवै टोलीले गोल गर्न सकेका थिएनन्।

तर अतिरिक्त समयको खेलमा ९०औँ मिनेटमै आइभोरी कोस्टका अमद डियादोले निर्णायक गोल गर्दै टोलीलाई ऐतिहासिक जित दिलाए।

थपिएको ८ मिनेटको समयमा पनि इक्वेडरले बराबरी फर्काउने कुनै अवसर सिर्जना गर्न सकेन।

यो भिडन्त विशेष रूपमा ऐतिहासिक पनि बनेको छ, किनकि सिनियर अन्तर्राष्ट्रिय फुटबल इतिहासमा यी दुई टोलीबीच यो पहिलो आधिकारिक भेट हो। यसअघि आइभोरी कोस्ट र इक्वेडरबीच कुनै पनि मैत्रीपूर्ण वा प्रतिस्पर्धात्मक खेल भएको थिएन।

अन्तिम क्षणमा आएको गोलसँगै आइभोरी कोस्टले समूह चरणमा बलियो सुरुवात गरेको छ भने इक्वेडर भने पहिलो खेलमै अंकविहीन बनेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077