Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

माधव नेपाल कम्युनिष्ट आन्दोलनका गद्दार हुन् : ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका २२ सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई मत दिनु पार्टीका लागि शर्मनाक भएको बताएका छन् ।

आज ललितपुरको च्यासलमा बसेको पार्टीको केन्द्रीय कमिटी बैठकपछि पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल कम्युनिष्ट आन्दोलनको गद्दार भएको बताए ।

नेता नेपालले बहुमत नभएको कमिटीमा जान्नँ भनेको भन्दै ओलीले भने, ‘अपराध गर्ने, सरकार ढाल्ने अनि उनैलाई बहुमत दिनुपर्ने ? अध्यक्ष बनाउनुपर्ने ?’

यस्तै, बैठकले देउवालाई मत हाल्ने सांसदहरुलाई  स्पष्टीकरण सोध्ने निर्णय गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए । बैठकमा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष भने अनुपस्थित रहेको थियो।

आइतबार संसदमा प्रधानमन्त्री देउवालाई एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ जनाले विश्वासको मत दिएका थिए ।

यसअघि गत शुक्रबार एमालेको स्थायी कमिटी बैठक बसेको थियो । बैठकले एकता कार्यदलले तयार पारेको प्रतिवेदन ग्रहण गर्दै कार्यदल भंग गर्ने र देउवाको पक्षमा मतदान गर्ने सांसदहरु एमालेमा रहन नसक्ने निर्णय गरेको थियो ।

बैठक भोलि ३ बजे पुन बस्नेछ । त्यस्तै बैठकमा उपाध्यक्ष भीम रावलले सांसद पदबाट दिएको राजीनामाका बारेमा समेत चर्चा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077