Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

देउवा सरकारमा १ जना उपप्रधानमन्त्री माग्ने पौडेल पक्षको निर्णय

काठमाडौं। सत्तारुढ दल नेपाली कांग्रेसको बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा उपप्रधानमन्त्री माग्ने निर्णय गरेको छ।

आज पौडेल पक्षका नेता एवं पार्टीका महामन्त्री शशांक कोइरालाको निवासमा बसेको बैठकले सभापति देउवा नेतृत्वको सरकारमा आफ्नो पक्षबाट १ जना उपप्रधानमन्त्री माग्ने निष्कर्ष निकालेको स्रोतले जानकारी दिएको छ।

स्रोतका अनुसार बैठकले महामन्त्री शशांक, नेता प्रकाशमान सिंह र सुजाता कोइरालामध्ये १ जनालाई उपप्रधानमन्त्री बनाउनुपर्ने निष्कर्ष निकालिएको हो।

हाल कांग्रेसबाटदेउवा नेतृत्वको सरकारमा पार्टीका दुई नेता गृह र कानूनमन्त्री रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077