Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कमला नदीमा बाढी, वरपरका गाउँबस्ती जोखिममा

आर एन यादव / जनकपुरधाम । अबिरल वर्षाका कारण कमला नदीमा आएको बाढीले धनुषाको बसैला नगरपालिका वडा नम्वर १३ स्थित बाँध कटान गर्न थालेपछि धनुषाको पूर्वी क्षेत्रका बस्ती उच्च जोखिममा परेका छन् ।

कमला नदीमा आएको बाढीले पश्चिमतर्फको बाँध कटान गरेपछि वरपरका गाउँबस्ती जोखिममा परेको हो । सोमबार आएको बाढीले किरतपुर र ढोलबज्जमा कमला नदीको बाढीले बाँध कटान गरेको छ ।

बाँध कटान गर्न थालेपछि बाढीले डुबान हुन सक्ने क्षेत्रमा प्रहरी परिचालन गरी स्थानीयलाई सतर्क गराइएको र बाँध मर्मतका लागि नेपाली सेना, सशस्त्र प्रहरी परिचालन गरीएको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्दुप्रसाद बास्तोलाले जानकारी दिए ।

बाँध बचाउन नेपाली सेना र सशस्त्र प्रहरी मंगलबार बिहानै देखि परिचालन गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077