Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

थप ३० जनाको मृत्यु, मृतकको संख्या ९,६३७ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ८३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा थप १ हजार ४७५ जना निको भएर घर फर्केका  छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ७१५ पीसीआर परीक्षण गर्दा १ हजार ९१८ जना र ३ हजार ९०१ परीक्षण गर्दा ९२० गरी २ हजार ८३८ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३० जनाको मृत्यु भएको छ । तीमध्ये हालसम्म ९ हजार ६३७ जनाको मृत्यु भएको छ ।

यसअघि हिजो ३,०१८ जनामा संक्रमण पुष्टि हुँदा १,५९५ जना डिस्चार्ज भएका थिए भने २५ जनाको मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077