Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

खुमलटारमा गोपालमान, प्रचण्डसँग आधा घण्टा भेटवार्ता

काठमाडौँ । नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठ र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीच भेटवार्ता भएको छ।

आज बिहान प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी लिन खुमलटार पुगेका श्रेष्ठ र प्रचण्डबीच करिब आधा घण्टा कुराकानी भएको श्रेष्ठको सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार प्रचण्ड पत्नी दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी लिन संगठन विभागका प्रमुख समेत रहेका श्रेष्ठ खुमलटार पुगेका थिए ।

उनीहरुबीच समसामयिक राजनीतिक घटनाक्रमबारे पनि कुराकानी भएको हो ।

यसअघि नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा खुमलटार पुगेर सीताको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । लामो समयदेखि सीता बिरामी रहेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077