Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

माधव नेपालले भने - आफूले बनाएको घर कसैले छाड्न चाहँदैन तर...

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीलाई शुद्धीकरण गरि नयाँ ढंगबाट अघि लैजानु पर्ने धारणा राखेका छन्।

बिहीबार नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औँ स्मृति दिवसको अवसरमा भएको कार्यक्रमलाई सम्बाेधन गर्दै नेता नेपालले पार्टीलाई शुद्धीकरण गरि नयाँ ढंगबाट अघि लैजाने जिम्मेवारी अहिले आफूहरुको काँधमा आएको धारणा सार्वजनिक गरेका हुन्।

‘नयाँ समाज निर्माण गर्ने सोचबाट अगाडि बढ्न सक्नुपर्छ । सबै कुरोको केन्द्र बिन्दु जनता नै हुन यसमा संवेदनशील हुनुपर्छ, नेता नेपालले भने, 'सुध्रिन चाहनेले आफ्नो कमीकमजोरी सुधार गर्न सक्नुपर्छ त्यो आँट र शाहस चाहिन्छ । पार्टी भित्र घाउ खटिरा छन् भने तिनले पीडा दिन्छन् तिनलाई औषधिले निको बनाउनुपर्छ ।’

कार्यक्रमको सुरुमा नेपालले भने, ‘कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउनुपर्छ । जनताको पार्टी बन्न सक्नुपर्छ । एमालेलाई पनि त्यही बाटोमा लैजानुपर्छ । नेतृत्व सुध्रिने चाहन्छ भने ठिक छ । आफूले बनाएको घर त्यसै कसैले छाड्न चाहँदैन तर अपमान सहेर, गलत कुरो सहेर कोही बस्दैन । नयाँ विचार दृष्टिकोण बनाएर अगाडि बढ्न सकिन्छ । असम्भव भन्ने केही हुँदैन मानिस आफ्नो लक्ष्य विचार र दृष्टिकोणमा अगाडि बढेर गयो भने ।’

पछिल्लो समय पार्टी अध्यक्ष केपी शर्मा ओली र नेता नेपालबीचको आन्तरिक द्वन्दका कारण एमाले फुटको संघारमा पुगेको छ। तर,  २/४ दिन यता भने अध्यक्ष ओलीले केही लचकता अपनाएर एमालेमा दोस्रो अध्यक्ष नेपाललाई दिन सक्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077