Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

बालुवाटारबाट बालकोट पुगेका ओलीले भने : जे भयो-भयो, अब मिलेर जाऔं

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रको आन्तरिक विवादलाई अन्त्य गर्दै सबैले एक भएर अघि बढ्नु पर्ने बताएका छन्।

आज मार्क्सवादका नेपाली सूत्रधार नेता पुष्पलालको स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले बाटो बिराएकाहरुलाई आममाफी दिने बताएका हुन् ।

सम्बोधनका क्रममा पूर्वप्रधानमन्त्री ओलीले भने, 'हामीलाई हाम्रै पार्टीभित्रको कलहले गर्दा कम्युनिष्ट आन्दोलनमा धक्का लागेको छ, आफ्नै पार्टीको सरकार ढलेको छ,’ ओलीले भने, हामी परमादेशबाट जानुपरेको छ, जनादेशबाट होइन ।’ अब हामी एक हाैं, मिलेर काम गरौं' ।

उनले भनेका छन्, ‘बाटो बिराएका भड्किएका साथीहरुलाई पनि आग्रह गर्न चाहन्छु, यस पार्टी र आन्दोलनको एकताका लागि पुष्पलाललाई सम्झिएर भन्न चाहन्छु, सबैलाई एम्नेष्टी इज ग्रान्टेड।’

यस्तै, ओलीले अब विवाद छाडेर पार्टी एकताको कुरा गर्न पनि आह्वान गरेका छन् । ‘हामी को कहाँ छौँ, त्यो कुरा छाडिदिऊँ देश र जनताको कुरा गरौँ,’ ओलीले भने, ‘अब विवाद छाडौँ, पार्टी एकताको कुरा गरौँ।’

विगत केही महिनादेखि एमालेमा माधवनेपाल समूह र ओली समूहबीच विवाद चर्किरहेका बेला माधव समूहका सांसदहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा गत साउन ३ गते मतदान गरेका थिए ।

यसअघि ओलीले बुधबार एमालेका २२ जना सांसदलाई पार्टी हितबिपरित कार्य गरेको भन्दै स्पष्टीकरण सोधेका थिए । उनले सोधेको स्पष्टीकरणको जबाफ पठाउने तयारी गरिरहेको माधव समूहले यसबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077