Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

कलंकीमा ल फर्म भित्र जुवा खाल, नगदसहित ७ जना जुवाडे पक्राउ

काठमाडौं। महानगरिय प्रहरी वृत्त कालिमाटीले ७ जना जुवाडेलाई तास र नगदसहित पक्राउ गरेको छ।

आज बेलुका कलंकी स्थित रबिन बिडारीले सञ्चालन गरेको बिडारी ल फर्म भित्र अबैध रुपमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरीले जुवा खालबाट तास ६ बुक, तास खेल्न प्रयोग गरिने उपकरण थान १० र  नगद  ७१,७००।(एकहत्तर हजार सात सय) रुपैया बरामद गरेको छ।

पक्राउ पर्नेहरुमा क्रमश: ल फर्म सञ्चालक रबिन बिडारी, श्याम अधिकारी, प्रकाश श्रेष्ठ , गणेश कोइराला ,बिजय केसी , नारायण ठकुरी र  राजेन्द्र दाहाल रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077