Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

ओलीलाई बडामहाराजधिराज भन्दै नेपालले भने -अब नाच्नुपर्ने भयो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीलाई बडामहाराजाधिराजको संज्ञा दिँदै आममाफी दिएकोमा आफूहरू हर्षीत भएको बताएका छन् ।

आज ललितपुरस्थित च्यासलमा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको स्मृति दिवसका सन्दर्भमा आयोजित कार्यक्रममा बोल्दै वरिष्ठ नेता नेपालले ओलीले दिएको आममाफी बडामहाराजाधिराजको हुकुम जस्तै भएको टिप्पणी गरे। उनले भने, ‘हिजो महामहिम श्री ५ बडामहाराजाधिराजबाट अभिव्यक्ति आयो, माधव नेपाल लगायतका माननीय सदस्यहरूमाथि जति पनि स्पष्टीकरण सोधिएको छ, उनीहर्रूलाई आममाफी दिइन्छ । एम्नेस्टी इज ग्रान्टेड । हामी हर्षीत भयौं !’

वरिष्ठ नेता नेपालले ओली खुसी भएको भनेर व्यङ्ग्य गर्दै यस्तो चरित्रलाई कम्युनिष्ट भन्ने हो भन्दै प्रश्न  गरेका छन् । उनले थपे, ‘महाराजाधिराज खुसी हुनु भएको छ । हामीलाई आममाफी मिलेछ । नाच्नु पर्ने भयो, खुसी हुनुपर्ने भयो । यही हो पद्धति ? यसलाई कम्युनिस्ट पद्धति भनिन्छ ?’

अध्यक्ष ओलीले बिहीबार ललितपुरको एक कार्यक्रममा बाटो बिराएका नेताहरूलाई आममाफी दिने घोषणा गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077