Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

लागूऔषध किन्न दिएको पैसा बुबाको किरियामा खर्च गर्दा अपहरणमा परे निर्मल, तीन जना पक्राउ

काठमाडौं । सुनसरी प्रहरीले आफ्नै साथीलाई अपहरण गरेर बन्धक बनाएको अभियोगमा लागूऔषध प्रयोगकर्ता तीन जनालाई इटहरीबाट पक्राउ गरेको छ।

प्रहरीले इटहरी–४ का २२ वर्षीय निर्मल श्रेष्ठलाई अपहरण गरेको आरोपमा इटहरी उपमहानगरपालिका–७ का २५ वर्षीय संगीत थापा, १९ वर्षीय अनिष कार्की र वडा नम्बर ८ का २३ वर्षीय सिद्धार्थ राईलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो।

प्रहरीका अनुसार चारै जनाबीच लागूऔषधको विषयमा विवाद थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानमा श्रेष्ठलाई आरोपी तीन जनाले लागूऔषध खरिदका लागि केही समयअघि पैसा दिएको खुलेको छ।

कोभिड–१९ का कारण बुवाको मृत्यु भएपछि लागूऔषध ल्याउछु भन्दै पैसा लिएर गएका श्रेष्ठले लागूऔषध त ल्याएनन् नै उनीहरूले दिएको पैसा पनि सकाए। सोही पैसा र लागूऔषधको विषयलाई लिएर उनीहरुबीच विवाद हुँद श्रेष्ठ अपहरणमा परेका हुन् ।

श्रेष्ठलाई बिहीबार दिउँसो १ बजे उनीहरूले इटहरी–९ भोजपुरे होटलबार जबरजस्ती उठाएर लगेका थिए। पीडितले आफूलाई आँखामा कालोपट्टी बाँधेर नम्बर थाहा नभएको अटोमा राखेर संगीत थापाको कोठामा रातभर राखेको बताएका छन् ।

थापाको कोठामा रातभरि राखेपछि शुक्रबार बिहान उनीहरूले श्रेष्ठलाई प्लटिङ क्षेत्रमा लगेर कुटपिट गरेको थाहा भएको प्रहरीले जनाएको छ।

पक्राउ परेका तिनै जनालाई अपहरण तथा शरीर बन्धक मुद्दामा अदालतबाट थुनामा राख्न अनुमति लिइएको थापाले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077